आलमलाई विभागले काट्यो पत्र

काठमाडौं । राजपुर बमकाण्डका अभियुक्त महम्मद आफताब आलममाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ । ‘अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले अनुसन्धान थालेको हो । विभागले बिहीबार रौतहट प्रहरीलाई पत्र लेखि आलमलाई उपस्थित गराउन आग्रह गरेको छ ।

रौतहट प्रहरी कार्यालयले शुक्रबार जिल्ला अदालत रौतहटलाई विभागको पत्र बुझाउँदै आलमलाई पठाइदिन अनुरोध गरेको छ । ‘सम्पत्ति शुद्धीकरण विभागले आलमलाई उपस्थित गराउन पत्राचार गरेकाले रौतहट जिल्ला अदालतलाई त्यसको जानकारी गराएका हौँ ।’, रौतहट प्रहरी प्रमुख भूपेन्द्र खत्रीले भने ।

आलमविरुद्ध रौतहटको राजपुरमा १२ वर्षअघि सामूहिक हत्याकाण्ड गराएको अभियोगमा मुद्दा चलिरहेको छ । मुद्दामा थुनछेक बहस जारी छ । नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवम ठुलाबडाको साथ मिल्नेछ राजनीतिक क्षेत्रबाट लाभ एवम काममा प्रगति हुनेछ ।

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।