ई -पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द

काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले आज पनि भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

शुक्रबार जनता समाचार डटकम मा सिन्धुलीगढीमा राष्ट्रिय युद्ध संग्रहालय निमार्ण हुँदै, अफ्ताब आलमको थुनछेक बहस जारी, पूर्वाञ्चल गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश, रोकिराखेको बसले किच्दा एकको मृत्यु, राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना र तीन नदीमा पानीजहाज संचालन तयारीलगायतका शीर्षकमा समाचार छापिए ।

कान्तिपुर दैनिकमा मुलुकभित्रै सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रिया अघि बढाउने भन्दै ५० लाख ई – पासपोर्ट छाप्न परराष्ट्र मन्त्रालयले आह्वान् गरेको अन्तराष्ट्रिय बोलपत्र अन्तिम घडीमा आएर सरकारले रद्द गरेको विषयले शीर्ष स्थान पाएको छ । समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बोलपत्र प्रक्रिया बिहीबार राति रद्द गरिएको हो । बोलपत्र रद्द गर्नेबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ ।

गोरखापत्र दैनिकमा १० महिनामा १० लाख पर्यटक नेपाल भित्रिएको र २० लाख भित्र्याउने आधार बन्दै गरेको समाचारले प्राथमिकता पाएको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ४४७ जनाले नेपाल भ्रमण गरेका छन् । जुन गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । समाचारमा उल्लेख भए अनुसार नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटक संख्या बढाउन सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…