आइतबार सार्वजनिक बिदा

काठमाडौं । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

‘जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु’, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता, सिन्धुलीगढी विजय उत्सव मनाउनका लागि कमलामाई नगरपालिकासहित गोलञ्जोर र सुनकोशी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य…

काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम  पछिल्लो…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ । वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।…

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…