Logo मंसिर १४, २०७७ आइतबार


श्रमिकमाँझ विद्या भट्टराई

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गर्नुभएको छ । भेटका क्रममा भटटराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा यस क्षेत्रलाइ व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको बताउनु भयो ।

देशको ‘समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव’ हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने बताउनु भयो । जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको श्रमिकहरुको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो ।

भट्टराईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भन्दै श्रमलाई ठुलो सानो भनेर विभाजित गर्न नहुने बताउनुभयो ।

कार्यक्रम नेकपा केन्द्रिय सदस्यद्धय चुडामणि जंगली र श्रीनाथ बराल, जिफन्ट केन्द्रिय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमीकहरुको हक अधिकार र सशक्तिकरणकालागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…