जनताकर्मी बम सम्मानित

काठमाडौं । जनताकर्मी खेम बहादुर बम सम्मानित हुनुभएको छ ।

सतुङ्गल डोजोले आयोजना गरेको छैठौँ कमल ढकाल स्मृति विशिष्ठ व्यक्ति सम्मान कार्यक्रममा जनता टेलिभिजनका जिल्ला संयोजक बम सम्मानित हुनुभएको हो ।

डोजोले प्रहरी निरीक्षक शंकर खड्का, शिक्षक समाजसेवी हरिप्रसाद काफ्ले, रामप्रसाद पौडेल, दीपककुमार झा, युवा वैज्ञानिक बसन्तकुमार शाही, खेलाडी अभिषेक श्रेष्ठ तथा वद्रीनाथ श्रेष्ठलाई सम्मान गरेको छ । संतुङ्गल डोजोका प्रशिक्षक सागर शाहीका अनुसार डोजोले विगत ६ वर्षदेखि समाजमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

सतुङ्गल डोजोले शनिबार तीनथानामा आयोजना गरेको सम्मान कार्यक्रममा डोजोका प्रशिक्षक सागर शाहीले नेपालमा खेलका क्षेत्रमा ठूलो लगानी भएपनि सदुपयोग हुन नसकेको बताउनुभयो ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले खेल मानव जीवनको महत्वपूर्ण पक्ष भएकाले स्थानीय तहले पनि लगानी गर्नुपर्ने बताउनुभयो । खेलाडी अनुशासित र राष्ट्रप्रति जिम्मेवार हुने भएकाले उहाँहरुमाथि चन्द्रागिरी नगरपालिकाले लगानी गर्ने गिरीकाे भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…