पब्लिक क्याम्पस संघको पदस्थापन सम्पन्न

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

गत कार्तिक १ र २ गते सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई काठमाडौंमा कार्यक्रम गरी पद हस्तान्तरण गरिएको हो ।

संघका नवनिर्वाचित अध्यक्ष शिवराम संजेल लगायतको कमिटीलाई पूर्वअध्यक्ष भोला ओझाको कमिटीले पद हस्तान्तरण गरेको थियो ।

नवनिर्वाचित कमिटीलाई शुभकामना दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा अर्थशास्त्री डा.विजयकुमार पौडेलले विद्यमान मनोविज्ञान परिर्वतन नभएसम्म वास्तविक र सकारात्मक परिवर्तन सम्भव नहुने बताउनुभयो । ‘सरकारी तथा सामुदायिक क्याम्पसको गुणस्तर सुधार्ने हो भने निजी शिक्षा क्षेत्र स्वतः धरासायी बन्छ’, डा. पौडेलले भन्नुभयो, ‘सामुदायिक क्याम्पसमा बिस्तारै प्राविधिक विषय समावेश गर्नु आवश्यक छ ।’

नवनिर्वाचित अध्यक्ष शिवराम संजेलको नेतृत्वको वर्तमान केन्द्रीय कमिटी नेकपा निकट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?