राष्ट्रपतिद्वारा चेस च्याम्पियनसिप उद्घाटन

काठमाडौं । नेपाल बुद्धिचाल संघले राजधानीमा आयोजना गरेको मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ को महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

बुढानिलकण्ठस्थित पार्क भिलेजमा शनिबार राष्ट्रपति भण्डारीले चेसको गोटी चालेर च्याम्पियनसिपको उद्घाटन गर्नुभएको हो ।

च्यामिपयनसिप उद्घाटनमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिक बेल्गायिभले सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्तिक २९ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालसहित एसियाका १५ राष्ट्रका सयजना खेलाडीले सहभागिता जनाउँदै छन् । २१ सय भन्दा कम रेटिङ्ग भएका तथा तथा अधिकतम फिडेमास्टर सम्मका उपाधि प्राप्त खेलाडीहरुको सहभागिता रहने च्याम्पियनसिपमा नेपालबाट आधिकारिक रुपमा २०३२ रेटिङ्ग प्राप्त हालै मात्र मास्टर्र्स उपाधि विजेता पुरुषोत्तम चौलागाई र सुजना लोहनीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी प्रत्येक राष्ट्रबाट आधिकारिक रुपमा दुई खेलाडीमात्र सहभागी हुन पाउने भए तापनि अन्य खेलाडीले खुल्ला रुपमा आपूmलाई प्रतिस्पर्धीको रुपमा उभ्याउन सक्ने छन् । नेपालबाट आधिकारिक खेलाडीसहित ७० खेलाडीको सहभागिता रहेको छ ।

कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशी रहेको तथा स्विस लिग प्रणाली अनुरुप ९ चरणसम्म क्लासिक तथा ब्लिज दुई फरम्याटमा संचालन हुने च्याम्पियनसिपका विजेताले क्यान्डिडेट मास्टर र नगद १५ सय डलर तथा महिलातर्फ विजेताले उमन क्यान्डिडेट मास्टरको उपाधिसहित नगद ७ सय डलर प्राप्त गर्ने छन् । यस्तै पुरुष तर्फ उपविजेताले १ हजार र तृतीय हुनेले ७ सय ५० डलर प्राप्त गर्ने छन् । यस्तै महिलतर्फ उपविजयीले नगद ५ सय र तेश्रोले नगद ३ सय डलर प्राप्त गर्नेछन् । अहिले सम्मकै ठुलो धनराशी पुरस्कार दाबी गरिएको च्याम्पियनसिपमा क्लासिक तर्फ ३७ र ब्लिज तर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

च्याम्पियनसिपलाई स्वच्छ र मर्यादित बनाउनका लागि एसियन चेस फेडेरेशनका डेपुटी प्रेसिडेन्ट भरत सिंह चौहान र विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिक बेल्गायिभको समेत उपस्थिती रहनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।