‘सीमा विवाद कुटनीतिक पहलबाट समाधान’

विद्यानन्द राम
सप्तरी । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपाली जग्गा भारतले अतिक्रमण गरेको सन्दर्भमा दुवै देशबीच कुटनीतिक पहलबाट समाधान हुनपर्ने बताउनु भएको छ ।

सप्तरीको राजविराजमा शनिवबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अहिले कान कागले लगेको भन्दै पछाडि दौडनुभन्दा कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने बताउनुभएको हो ।

नेपाल सरकारले कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्नेमा मन्त्री यादवले जोड दिनुभएको छ ।

समस्या के कसरी भएको हो भन्ने विषय एकिन गरेर दुवै देशको सम्बन्धमा असर नपर्ने गरी कुटनीतिक निकास निकाल्नु पर्ने यादवको भनाइ थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।