भ्रष्टाचारविरुद्ध नेकपाको ‘भण्डाफोर अभियान’

काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । पत्रिकाहरूले सरकारले बाेलाएकाे सर्वपक्षीय बैठकमा  कालापानीबारे नेताहरुको बीचमा ऐक्यबद्धता कायम भएको समाचारलाई मुख्य चासाे िदएर छापेका छन् ।

शनिबार जनता समाचार डटकम मा सचिवालयका सबै कर्मचारीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन, हिन्दूको पक्षमा सर्वोच्च अदालतको फैसला, काली नदी नै सिमाना मान्नुपर्ने निर्णय, ‘सीमा विवादबारे प्रधानमन्त्री स्तरमा वार्ता हुनुपर्छ’, भारतको नक्साविरुद्ध हेटौँडामा मोटरसाइकल र्‍याली, राष्ट्रपतिद्वारा चेस च्याम्पियनसिप उद्घाटन, पब्लिक क्याम्पस संघको पदस्थापन सम्पन्न र मोदीद्वारा खानलाई धन्यवादलगायतका शीर्षकमा समाचार छापिए ।

राजधानी दैनिकले भ्रष्टाचारविरुद्ध नेकपाको ‘भण्डाफोर अभियान’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचार अनुसार प्रदेश नम्बर २ सरकारको भ्रष्टाचार विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारले भ्रष्टाचार न्यूनिकरण गर्नुको साटो भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै प्रदेश २ को प्रमुख प्रतिपक्ष नेकपाले जनस्तरसम्म आवाज उठाउने जनाएको हाे । नेकपाका प्रदेश कमिटी अध्यक्ष प्रभु साहले सिंगो मुलुक समद्धि र सुशासनतर्फ अघि बढिरहेका बेला २ नम्बर प्रदेशको सरकार कमिसनको खेलमा लागेको समाचारमा लेखिएको छ । राजधानीमा कालापानीबारे नेताहरुको बीचमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको र भारतसँग उच्चस्तरीय वार्ता गरिने सहमति भएको बारे पनि शीर्ष समाचार छापिएको छ ।

गोरखापत्र दैनिकमा कालापानीबारे नेताहरुको बीचमा ऐक्यबद्धता कायम भएको र भारतसँग उच्चस्तरीय वार्ता गरिने सहमति भएको समाचारले शीर्ष स्थान पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताउनुभएको समाचारमा उल्लेख छ ।

प्रधानमनत्री ओलीले शनिबार बोलाउनुभएको सर्वपक्षीय बैठकमा सत्तारुढ नेकपाका अर्का अध्यक्ष तथा पूर्व पूधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत पूर्व प्रधानमन्त्रीहरु, पूर्व परर्राष्ट्रमन्त्रीहरु लगायत विभिन्न पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । गोरखापत्रले सुरक्षा सतर्कताप्रति नेपाल गम्भीर रहेको शीर्षकमासमेत प्रमुख समाचार छापेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकार र सचिवालयका सहयोगीलाई पदबाट हट्न निर्देशन दिएको समाचारलाई प्रथम पृष्ठमा समेटेको छ । समाचार अनुसार प्रधानमन्त्री ओलीले सबै सल्लाहकारलाई मंसिर १ देखि लागू हुने गरी राजीनामा दिन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले नयाँ जोस र जाँगरका साथ कामलाई गति दिन खोज्नुभएकोले आफ्नो टिमका पुराना सदस्यलाई विदा गर्न लाग्नुभएको समाचारमा लेखिएको छ । अन्नपूर्णले पनि भूमि रक्षामा राष्ट्रिय सहमति शीर्षकमा मुख्य समाचार छापेको छ भने अयोध्या राम मन्दिरलाई शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमै राखेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…