कालापानीमा देश चुँडिदा अछाम दुख्छ

के पठाउँछौ त्यस्तो खबर गाम दुख्छ ठाम दुख्छ
चिठी दुख्नु पहिल्यै तिम्रो पठाएको खाम दुख्छ ।

फूलको सम्बन्ध जस्तै पात, काण्ड, जरासँग
कालापानीमा देश चुँडिदा यता अछाम दुख्छ ।

धेरै भयो गर्न थालेका स्वाधीनताका कुरा तर
अझै उत्तरको ठण्डी दुख्छ दक्षिणको घाम दुख्छ ।

टिष्टाकाँगडा भित्र जब देश खोज्न थाल्दछु
दाह्रा किट्छु, शरीर तात्छ, मुटुको मुकाम दुख्छ ।

भरत अधिकारी 

अछाम, पञ्चदेवल नगरपालिका

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…