उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर

बागलुङ । उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर गरिएको छ ।

बागलुङ २– (ख) को उपनिर्वाचनमा आफ्ना बागी उम्मेदवार फिर्ता गराउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउन पार्टीले हेलिकोप्टरको प्रयोग गरेको हो ।

प्रदेशसभाको क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएकोछ । विक्रम विरुद्धमा उम्मेदवारी दिएका घर्तीलाई उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको छ । घर्ती  २०७४ सालको स्थानीय निर्वाचनमा तात्कालीन नेकपा (माओवादी केन्द्र) बाट ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमार नेपालीसँग पराजित भएका थिए ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने समय आज अपरान्ह १ बजेसम्म मात्र रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…