गणेशमान सिंहको जन्मजयन्ती मनाउन माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका नेता एवम् पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस मनाउन सरकारसँग माग गर्नुभएको छ ।

कांग्रेस नेता डंगोलले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका गणेशमान सिंहलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बेवास्ता गरेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो । विपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता राजनेताहरुलाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो दिशा पाउने उहाँको भनाइ थियो ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले २०४६ सालको जनआन्दोलनका सुप्रिम कमाण्डर सिंहको १०५औँ जन्मजयन्तिको अवसर पारेर आइतबार काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता डंगोलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सरकार आफैले औपचारिक कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले पनि नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेल्नु भएको नेतृत्वदायी भूमिकाको स्मरण गर्नुभएको थियो ।

वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन सुप्रिम कमाण्डरको भूमिका निर्वाह गर्नुभएका स्वर्गीय गणेशमान सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रुपमा स्मरण गर्दै आएको छ । उहाँको देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो दिशा पाउने कांग्रेस नेताहरुको दावी रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…