विश्वभर मोहम्मद डे मनाइँदै

सनिउल्ला धोेबी
कपिलवस्तु । नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४४१ औँ जन्मजयन्ती मनाइरहेका छन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत ‍र्यालीको आयोजना गरेका छन् । कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिमहरुले ‍र्याली निकालेर मोहम्मद डे धुमधामका साथ मानाउँदै गरेको मौलना रमजान मन्सुरीले जनकारी दिए र्यालीमा उपस्थित मुस्लिम अगुवाहरुले मोहृममद डेको अवसरमा सरकारले सर्वाजानिक बिदा दिनुपर्ने माग समेत गरेका थिए ।

कपिलवस्तुका मुस्लिम अगुवाहरुले मुस्लिम आयोग गठन गर्नुपर्ने, मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसा अन्य सरकारी विद्यालय सरह हुनुपर्ने लगायतका माग राखेका छन् ।

सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने मुसलमान संयुक्त संघर्ष समितिसँग सम्झौता गरेपनि कार्यान्वयन नभएकामा उनीहरुले दुःख व्यक्त गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।