बागी उम्मेदवार शेरमानको समर्थन राजमोलाई

बागलुङ । बागी उम्मेदवार शेरमान घर्तीले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेका छन् ।

बागलुङ २– ‘ख’ को उपनिर्वाचनमा नेकपाका तर्फबाट बागी उम्मेदवार दिएका घर्तीले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने जानकारी गराएका हुन् ।

उम्मेदवारी फिर्ता गर्न गएपनि निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालय पुग्न नसकिएको तथा विधिवत उम्मेदवारी फिर्ता हुन नसकेकाले विज्ञप्ति जारी गर्दै राजमोलाई समर्थन गरेकाे घर्तीले जानकारी गराएका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको तर्फबाट साझा उम्मेदवार खिम विक्रम शाहीको पक्षमा पूर्ण समर्थन जानउँदै मेरो स्वतन्त्र उम्मेदवारी नरहेको जानकारी गराउँछु’, विज्ञप्तिमा घर्तीले भनेका छन्, ‘साझा उम्मेदवार खिम विक्रम शाहीलाई विजय गराउन हार्दिक अपिल गर्दछु ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…