मृत्युपछि प्रेमीकाले भनिन् – ‘ऊ हाँस्दै सुत्यो, म जंगिँदै पल्टिएँ’

सांकेतिक तस्बिर

काठमाडौं । प्रेमिकाले एकछिनको झाेंकले ३३ वर्ष युवकको ज्यान गएको छ । बाह्रबिसे नगरपालिका–४ पलातीका जीवनकुमार थापाकाे घाँटीमा प्रेमिकाले सुरुवालले कस्दा मृत्यु भएको रहस्य बाहिरिएको हो ।

बिवाहित थापा र अविवाहित २० वर्षकी प्रतिमा विकबीच डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । एक हप्तापछि उनीहरुबीच मोबाइल नम्बर साटासाट भयो । पछि खुलेरै घुम्न रमाउन थाले । थापा लामोसाँघु चरीकोट सडक सुधार आयोजनाको ठेकेदार कम्पनी गौरीपार्वतीको एक्स्काभेटर चालक हुन । फिल्डमा रहँदा उनी प्रायः स्वाँरातिर हुन्थे । गएको कात्तिक १ गते साँझ पनि उनीहरुबीच भेट भयो ।

रात परेपछि सुनकोसी ७ स्वाँरास्थित जुना कार्कीको टहरामा बास बस्न पुगे । भूकम्पपछि नयाँ घर बनेपछि कार्कीको टहरा खाली थियो । अघिपछि अनुमति लिएर त्यहीँ बस्ने उनीहरु त्यो दिन भने कार्कीलाई नसोधी टहरामा छिरे र मदिरा पिउन थाले ।

जिस्किरहने थापाले ‘म अब मर्छु’ भन्दै जबर्जस्ती विकको शुरुवाल फुकाले र घाँटीमा बेरे । शुरुवाल कस्दै धम्क्याएजस्तो गरे । शुरुवाल तानेको रिस र मातेकी विकको मन कठोर बन्यो । दुई छोराको बाबुसमेत रहेका थापा र विकबीच समाजले अस्वीकार गर्ने प्रेमलाई लिएर झगडा हुन थाल्यो ।

‘ल मर न’ भन्दै विकले झोंकमा घाँटीमा बेरिएको शुरुवाल झनै कस्सिदिइन् । ‘ऊ हाँस्दै सुत्यो, म जंगिँदै पल्टिएँ,’ प्रहरीसँगको बयानमा विकले भनेकी छन् ।’ कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ । वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ । मिथुन–…

धनुषा । पटकपटक दुख्छ तराई । कहिले प्राकृतिक प्रकोपले आहत हुन्छ । कहिले भोकले पनि बसिसुख न उठिसुख बनाउँछ ।…

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ…

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।…