सम्झनामा धर्मगुरु फाल्गुनन्द

काठमाडौं । आज किराँत धर्मगुरु फाल्गुनन्दको १ सय ३५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

फाल्गुनन्दको जन्म बिक्रम सम्बत् १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो । .बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बुको साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो ।

आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती श्रृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकी चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको ज्ञान प्राप्त गरेका थिए ।

लडाईबाट विश्व शान्ति स्थापना हुन नसक्ने कुरा बोध गर्र्दै फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागीरबाट राजिनामा गरी आफ्नो ज्ञान तथा समस्त किंराँती जातीहरूका मौलिक धर्म संस्कृतिको प्रचारमा निस्किए ।

फाल्गुनन्द भारतका बिभिन्न भाग लगायत भुटान हुदै पुर्बी नेपालको ईलाम आफ्नो जन्मस्थल पुगेर किराँती जातिका लिम्बु समुदायमा सामाजिक सुधारका कार्यतर्फ लागेको बताइन्छ । यसैकारण किराँती समुदायले फागुनन्दलाई आफ्ना धर्मगुरु मान्ने गर्दछन् र उनको जन्मदिवस विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै उत्सवका रुपमा मनाउने गर्दछन् । प्रेम र अहिंसाका अनुयायी फाल्गुनन्दको तस्वीर राखेर सन् १९९३ देखि नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…