Logo मंसिर १७, २०७७ बुधबार


सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक

चितवन । सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक भएको छ ।

गत कार्तिक २३ गते भरतपुरमा मस्तिष्क पक्षघात प्रभावित बालबालिकाहरुका लागि आयोजित एक वृहत चेतनामुलक कार्यक्रममा म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक गरिएको हो ।

मस्तिष्क पक्षघातबाट प्रभावित बालबालिकाहरुको अभिभावक तथा अग्रज समाजसेवीहरुबाट म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त म्युजिक भिडियोले संसारमा मानव सेवा नै ठूलो सेवा भएको र मानवीय सेवामा जस्तो आनन्द अरुमा पाइँदैन भन्ने सन्देश दिन खोजेको छ । मानिस धन सम्पत्तिले मात्र सम्पन्न हुन नसक्ने भाव गीतमा सुन्न र देख्न सकिन्छ । विशेषतः सामाजिक अगुवाहरुलाई उत्प्रेरित गर्न गीतकार नरेश कुमार प्रधानले गीतको सिर्जना गरेका हुन् ।

गीतमा गायिका बुनु श्रेष्ठको स्वर, सजल न्यौपानेको संगीत सिर्जना तथा विएन निराकारको संगीत संयोजन रहेको छ ।

गीतलाई माष्टरिङ तथा मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । म्युजिक भिडियोमा नायिका वर्षा राउत र नायक गजित विष्टको मुख्य भूमिका रहेको छ । गम्भीर बिष्टको निर्देशनमा निर्माण भएको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने सुवोल थापाले सह–निर्देशन तथा नविन निरौलाले सम्पादन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…