शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ

हुमाकान्त पोखरेल
गुल्मी । गुल्मीमा शिक्षकलाई तलव खुवाउन धार्मिक महायज्ञ संचालन भएको छ । जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माध्यमिक विद्यालयमा शिक्षकलाई तलव खुवाउन धार्मिक महायज्ञ गरिएको हो ।

विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ संचालन गरेको जनाएको छ । विद्यालयमा कार्तिक २२ गतेबाट धार्मिक महायज्ञ संचालन भइरहेको छ । महायज्ञ २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिनुभयो । माध्यमिक तहसम्म संचालन भएको विद्यालयमा मावि तहमा हाल एकजनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि ४ जनाको मात्रै दरबन्दी छ । विद्यालयलाई आवश्यक पर्ने अन्य ९ जना शिक्षकहरु निजी श्रोतबाटै नियुक्त गरिएको छ । जसले गर्दा तलब खुवाउन समस्या भएकाले माध्यमिक स्तर दीगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिक स्तरलाई दीगो समयसम्म संचालन गर्नका लागि महायज्ञ संचालन गरिएको जनाइएको छ । ‘धेरैपटक मन्त्रालयमा दरबन्दीका लागि पहल गर्यौँ तर उपलब्ध भएन ।’ प्रध्यानाध्यापक बोहोराले भन्नुभयो, ‘माविलाई दीगो समयसम्म संचालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन ।’ विद्यालयमा उच्च शिक्षा पनि संचालन गर्ने भनिए तापनि त्यसको भने केही निश्चिचता नभएको उहाँले भन्नुभयो । महायज्ञमा संकलन र बचत हुने रकमको आधारमा उच्च शिक्षाको निर्णय लिइने बोहोराको भनाइ छ ।

नगद पण्डितलाई, बाँकी आयोजकलाई
गुल्मीमा धार्मिक महायज्ञको लहर चलेको छ । जिल्लामा भएका धार्मिक महोत्सवमध्ये अधिकाशं विद्यालयद्वारा आयोजना गरिएका छन् । केही महायज्ञ स्थानीय तह र धार्मिक संस्थाको संयुक्त आयोजना तथा केही पण्डित आफै आयोजक भएर पनि धार्मिक महायज्ञ गर्ने गरेका छन् । तर यस्ता धार्मिक महायज्ञमा पण्डितहरुले उठेको रकमजति आफूले लैजाने र बाँकी बोल रकम आयोजक संस्थालाई छोड्ने गरेको पाइएको छ । यसरी जिल्लाका विभिन्न संघ–संस्था पण्डितहरुको चङ्गुलमा फस्दै आएका छन् । अधिकाशं ठाउँमा विद्यालय र पण्डितको समुहबीच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ । रघुफेदीको महायज्ञ पण्डित नारायण न्यौपानेले संचालन गरिरहनुभएको छ । अहिलेसम्म उहाँले लैजाने रकमको सु–निश्चितता भएको छैन । तर उठेको रकमको आधारमा पण्डितलाई त्यसको केही प्रतिशत रकम दिइनेछ ।

स्थानीयको रकम बाहिर जाँदै
विभिन्न ठाउँमा संचालन गरिने धार्मिक महायज्ञमा अधिकाशं रकम बाहिर जाने गरेको छ । स्थानीयले विद्यालयको भलाइका लागि भनेर दिएको रकम पण्डित, प्रचार–प्रसार र अतिथि सत्कार लगायतका विभिन्न कार्यमा प्रयोग हुन्छ । जसले गर्दा महायज्ञबाट संकलित रकम विद्यालयमा प्रयोग हुन पाउँदैँन । त्यसैमाथि नगद पण्डितलाई दिने र बाँकी आयोजकले व्यहोर्नुपर्ने हुँदा विद्यालयहरु समस्यामा परेको देखिएको छ । नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले धार्मिक महायज्ञको नाममा व्यापार भइरहेको प्रतिक्रिया दिनुभयो । महायज्ञ गर्ने भए पण्डित, कलाकार, महायज्ञमा आवश्यक अन्य सामाग्री सबै स्थानीय स्तरकै हुनुपर्ने बताउनुभयो । तर महायज्ञको नाममा व्यापार गर्नु उचित नभएको उहाँको बुझाई छ । जिल्लामा संचालन हुने महायज्ञमा स्थानीयले अपनत्व लिन नपाएको भन्दै उहाँले यो कार्यप्रति स्थानीय पनि चनाखो बन्नुपर्ने बताउनुभयो ।

यो परीक्षाको घडी हो
प्रध्यानाध्यापक राजु चन्द बोहोराले शुरुमा केही लगानी गरी प्रतिफल पछि आउने बताउनुभयो । मदाने गाउँपालिका अध्यक्ष दान बहादुर केसीले गाउँपालिकाले महायज्ञको लागि तीन लाख सहयोग गरेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।