ग्लोबल बैंकको तनहुँमा नयाँ शाखा सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहुँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बन्दीपुर गाउँपालिका–२, बन्दीपुरमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो । यस शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या एक सय पचास पुगेको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहक माँझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले १ सय ५० शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १ सय ५० एटिएम तथा १ सय ९४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।