सेवाग्राहीसँग सदरमुकाम धाउनेहरुको काम नै कार्यालय प्रमुखले यति पैसा माग्यो, उति पैसा माग्यो भन्नु रहेकाे देखिन्छ। केही जटिल विषय भए त कार्बाही, जेल वा लिलाम नै हुन्छ भनेर तर्साउने गर्दछन् । नेतालाई भगवान मान्नेहरु पनि आफ्ना भगवानहरुको विश्वास गर्छन् । यतिमात्रै होइन, आफ्ना काम गराउन भगवानलाई कतैबाट ऋण जोहो गरेर समेत पैसा दिन्छन् । तैपनि यसरी भगवान मान्नेहरुका कतिपय काम हुन्छन् त कति काम हुँदैनन् पनि । हो, यसैगरी राजनीतिको संरक्षण र गैरकानुनी रुपमा बढेको बढ्यै छ, मधेसको ठग राजनीति ।
हाम्रो गाउँ प्राय कम पढेलेखेका मान्छेहरुको बाहुल्य रहेको मधेसको गाउँ हो । गाउँमा एकदुई जना डिग्री पढेको मान्छेलाई पहिलेका बुढापाकाले भगवानभन्दा बढी मान्थे । एउटा सानो चिठी होस् वा कुनै भोज वा विवाहको निम्तो, तिनै पढेलेखेका व्यक्तिहरुको घरमा घन्टौं लाइन बसेर लेखाइने र सिकाइने काम गरिन्थ्यो । तिनै पढेलेखेकाहरू मध्येबाट कोही राजनीतिमा लागेकाे पाइन्छ । उनिहरु नेताका रूपमा गाउँमा चर्चा हुने र पढेलेखेकाहरुले पनि उनलाई भगवानभन्दा माथि मान्ने चलन थियो ।
उतिबेला त्यसरी भगवानजस्ता नेता मानिएपछि उनको कुरा सबैले सुन्ने र देउताभन्दा माथि मान्ने गरिए झैं आजभोली मधेसका गाउँमा नेताले साना - साना काम गर्दासमेत वाहवाह हुने गरेको देखिन्छ । यतिबेला सामान्य भाइ बहिनीको विवाह गर्दा होस् या नयाँ निर्माण भएको गृह प्रवेश गर्दा मात्रै पनि गाउँमा पुलिस स्कर्टिङसहितको गाडीको लस्कर आउने चलन बढेको छ । राजधानीबाट नेताहरू आउँदा गाउँभर होहल्ला कम हुँदैन । गाउँलेहरू आफ्नो कामै छोडेर नेताको स्वागतमा लाग्छन् । एक -दुई घण्टाको संवाद र उठबसपछि नेताहरुको गाडीको लस्कर शहर फर्किन्छ र त्यसपछि सुरु हुन्छ मधेस भित्रको ठग राजनीति ।
गाउँघरको सामान्य झगडामा मात्रै पनि पञ्चायतकालीन नेताहरुको आदेश र निर्देशन कसैले काट्नै सक्दैन र काट्दैन पनि । उनिहरुको पहुँच सिडियो र एसपीसम्म छ भनेर गाडीको लस्कर आएकै दिन सबलाई थाहा भइसकेको हुन्छ । त्यसैले पनि होला सब चुपचाप र मौन बस्छन्। जिल्ला प्रशासन, प्रहरीदेखि मालपोतलगायतका कार्यालयमा कुनै सानो समस्या पर्दा नेताको घरमा बिहान साँझ जानेहरु नै काम मिलाइदिने भनेर आश्वासन दिनेहरुको कमी छैन् । सेवाग्राहीसँग सदरमुकाम धाउनेहरुको काम नै कार्यालय प्रमुखहरुले यति पैसा माग्यो, उति पैसा माग्यो भन्नु रहेकाे देखिन्छ। केही जटिल विषय भए त कार्बाही, जेल वा लिलाम नै हुन्छ भनेर तर्साउने गर्दछन् । नेतालाई भगवान मान्नेहरु पनि आफ्ना भगवानहरुको विश्वास गर्छन् । यतिमात्रै होइन, आफ्ना काम गराउन भगवानलाई कतैबाट ऋण जोहो गरेर समेत पैसा दिन्छन् । तैपनि यसरी भगवान मान्नेहरुका कतिपय काम हुन्छन् त कति काम हुँदैनन् पनि । हो, यसैगरी राजनीतिको संरक्षण र गैरकानुनी रुपमा बढेको बढ्यै छ, मधेसको ठग राजनीति ।
कतिपय सामान्य क्याम्पसका विद्यार्थि नेतादेखी पार्टीका केन्द्रीय सदस्यसम्मका नेता र मन्त्रीहरुसँग फोटो खिचाएर समाजिक सञ्जालमा राख्ने र आफू नेतासँग नजिक रहेको देखाएर कमाइ खाने रुपमा मधेसमा राजनीतिलाई विकृत बनाइँदैछ । सिंहदरबारका वरिपरि घुम्ने, मन्त्रालयको अगाडि उभिएर फोटो खिचाउने र गाउँ तिरका सर्वसाधारणलाई मन्त्रीको नजिक छुँ र जागिर देखि सरुवा गराइदिन्छु भन्दै राजधानीका होटेलमा महिनौं राखेर सर्वसाधारणलाई आफ्नो रात्रिकालीन मनोरञ्जन खर्च भार बोकाउने माफियाहरुको कमी छैन मधेसमा । यस्ता काममा कतिपय पार्टीका उच्च ओहदामा रहेको नेता, सांसददेखि मेयर र गाउँपालिकाका अध्यक्ष र प्रदेश सभाका सदस्य नै रहने गरेको समेत पाइन्छ । नेता हुँ भन्दै पुलिसलाई थर्काउने, सोझासाझालाई तर्साउँदै जागिर लगाइदिने ऋणकाे भारी बोकाउनेहरुकै जयजयकारमा लिप्त छ मधेसको राजनीति ।
ठग राजनीतिको नयाँ उदाहरण गाउँका एकजना बुढा मानिस आफ्नो छोरालाई सरकारी जागिर लगाइदिने रहर गर्छन् । उनले आफ्नो खेत नै बन्धकिमा राखेर छोराको जागिरको लागी लाखौं रुपैयाँ चर्को ब्याजदरमा ऋण लिन्छन । अनि आफूले भगवान जक्तिकै विश्वास गरेको नेतालाई छोरालाई जागीर लगाइदिन ऋण लिएको लाखौं पैसा दिन्छन । नेताले एक निकायमा फाराम भर्न लगाउँछ । सुरुवातमा राम्रो व्यवहार गरेको नेता पैसा पाइसकेपछी टाढा - टाढा हुन थाल्छ । नेताले यसरी करिब २० ३० जनाभन्दा बढीसँग लिएको हुन्छ । एक दुई जनाले त आफ्नै योग्यता र क्षमताले नाम निकाल्न सफल भएपनि अधिकांश भने फेल हुन्छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठाले रौतहट मौलापुर नगरपालिका -७ निवासी नारायण प्रसाद साहका छोरा प्रदीप कुमार साहलाई पुलिसको असइमा जागिर लगाइदिन्छु भनेर ५ लाख रकम लिएका थिए । जागिर लगाउन नसकेपछि पटक - पटक ताकेता गर्दै रकम फिर्ता माग्दा आफ्नो पहुँच नारायणकाजी श्रेष्ठ र विश्वनाथ साहसँग रहेको र नारायणकाजीको साथमै घरमा रहनेगरि जागिर लगाइदिने भनेर बहाना गरे । यस्तो गर्दागर्दै करिब चार-पाँच वर्ष बित्दा ऋण लिएको रकमको ९ लाख ब्याज गरि १४ लाख ऋणको भारले प्रदीप कुमार साहका बुबा नारायण प्रसाद साहको हृदयघात भई केहि दिन अघि मृत्यु भयो ।
नेता भने विस्तारै टाढा - टाढा हुन थाल्छ । नेताले विस्तारै भेट नगर्ने, फोन नउठाउने, कदमकदाचित फोन उठेपछि झुट बोल्न थाल्छन् । फोन उठाउँदा काठमाडौंमा कुरा हुँदैछ, भइहाल्छ भन्दाभन्दै बर्षौं बिताइदिन्छन् । यसरी नेताले आफूलाई ठगेको वर्षौंपछि ती बुढा बालाइ थाहा हुन्छ र पछि आफ्नो पैसा फिर्ता गर्न ताकेता गर्न थाल्छन् । बाले दिनहुँ फोन गर्छन् । नेताको घर पनि जान्छन् तर नेता कहिल्यै भटिदैनन् । संयोगले भेट हुँदा काठमाडौं कुरा हुँदैछ भनेर उकिन्छन् । यसो गर्दागर्दै चार - पाँच वर्ष बित्छ । यही समय बुढा बाको मृत्यु हुन्छ भने उता पहिले साहुसँग ऋण तिर्न नसक्दा घर घडेरी सबै लिलामी हुन्छ । तर ति नेताको भने अर्को ठूलो घर बन्छ, गृह प्रवेश हुन्छ, गाडीको लस्कर आउँछ सबैले ताली पिट्छ्न् । नेताको जयजयकार गरिन्छ ।
एउटा यस्तै घटना घटेको छ, पर्साको वीरगंजमा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठाले रौतहट मौलापुर नगरपालिका -७ निवासी नारायण प्रसाद साहका छोरा प्रदीप कुमार साहलाई पुलिसको असइमा जागिर लगाइदिन्छु भनेर ५ लाख रकम लिएका थिए । जागिर लगाउन नसकेपछि पटक - पटक ताकेता गर्दै रकम फिर्ता माग्दा आफ्नो पहुँच नारायणकाजी श्रेष्ठ र विश्वनाथ साहसँग रहेको र नारायणकाजीको साथमै घरमा रहनेगरि जागिर लगाइदिने भनेर बहाना गरे । यस्तो गर्दागर्दै करिब चार-पाँच वर्ष बित्दा ऋण लिएको रकमको ९ लाख ब्याज गरि १४ लाख ऋणको भारले प्रदीप कुमार साहका बुबा नारायण प्रसाद साहको हृदयघात भई केहि दिन अघि मृत्यु भयो ।
यस्तो घटनापछि पीडित प्रदीप कुमार साहले रामबाबु बैठाका नाममा पर्सा पोखरिया नगरपालिका -१ बस्ने सुनिल चौरसियामार्फत आइएमबाट २०७२ को ६ र २१ गते एक लाख र २०७२ को १० र १२ गते गरी चार लाख पठाएको प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । निवेदनपछि पुलिसले रामबाबु बैठा र सुनिल चौरसियामाथि अदालतमा ठगी मुद्दा दर्ता गरायो । सुनिल चौरसियालाई पुलिसले समात्यो । तर वीरगंजको मुर्लीचौक नजिक रहेको गुरुङ होटेलमा रामबाबु बैठालाइ समात्न पुगेको पुलिस समातिसकेको अवस्थामा सँगै रहेका नेकपा पर्साका अध्यक्ष प्रभु हजाराको आग्रह र दबाबपछि नपक्री फर्कियो । घटनाको यो वृतान्त पीडित सुनिल कुमार साहले अघिल्लाे बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे ।
दोषी मध्येका नाइके बैठा राजनीतिक पहुँचको आधारमा उम्किन्छन्, फरार हुन्छन् तर आइएमइ मार्फत आफ्नो नाममा पैसा मगाउने चौरसीया भने थुनामा पर्छन् । अझ रोचक त के छ भने चौरसियाको पनि बैठाले जागीर लगाइदिन्छु भनेर ५ लाख ठगी गरेको उनले बयानको क्रममा प्रहरीलाई बताएका छ्न्। राजनीतिक दबाबका कारण एसपी सुमेन्द्र सिंह राठौरको नियत राम्रो नदेखेपछि पीडित पक्ष यतिबेला आत्तिएका छन् । नारायणकाजी श्रेष्ठ र विश्वनाथ साह बैठाको भाइको विवाहको भोज र गृह प्रवेशमा नियमित आइराख्ने गर्छन् ।
यो त मधेसको ठग राजनीतिको एक सानो उदाहरण मात्रै हो । मधेसमा राजनीति र नेताको हवाला दिँदै आम सर्वसाधारणलाई सास्ती दिने गरेका अनेकौं घटना भेटिन्छन् । शक्ति, पहुँच र सम्बन्धको दुरुपयोग गर्दै साधारण नागरिकलाई दुख दिनेहरुबारे प्रशासनसमेत मौन देखिने गरेको छ ।
दोषी मध्येका नाइके बैठा राजनीतिक पहुँचको आधारमा उम्किन्छन्, फरार हुन्छन् तर आइएमइ मार्फत आफ्नो नाममा पैसा मगाउने चौरसीया भने थुनामा पर्छन् । अझ रोचक त के छ भने चौरसियाको पनि बैठाले जागीर लगाइदिन्छु भनेर ५ लाख ठगी गरेको उनले बयानको क्रममा प्रहरीलाई बताएका छ्न्। राजनीतिक दबाबका कारण एसपी सुमेन्द्र सिंह राठौरको नियत राम्रो नदेखेपछि पीडित पक्ष यतिबेला आत्तिएका छन् । नारायणकाजी श्रेष्ठ र विश्वनाथ साह बैठाको भाइको विवाहको भोज र गृह प्रवेशमा नियमित आइराख्ने गर्छन् ।
(यादव राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । )