स्वच्छ पानी वितरणमा युवाहरुको जोड

काठमाडाैं । रोजगारीका लागि विदेश जानेहरुको होडबाजी चलिरहेका बेला एक उत्साही युवाहरुको समूहले भने स्वदेशमै उत्पादनमा जोडिने उपाय निकालेको छ । युवाहरुले स्वदेशमै उत्पादनसँग जोडिएर आत्मनिर्भर बन्ने उद्देश्यले संयुक्त पानी व्यवसायको सञ्चालन गरेका हुन् ।

राजधानीको चन्द्रागीरी नगरपालिकास्थित मातातीर्थमा ३ करोडको लगानीमा ४ जना उत्साही युवाहरु मिलेर पानी व्यवसाय सुरु गरेका हुन् । स्पिरिङ मिनरल वाटर एण्ड मातातीर्थ प्रालिको नामबाट सञ्चालित व्यवसायको आम्दानीका साथै अर्कोआम जनतालाई मुलको स्वच्छ पानी खुवाउने योजना रहेको व्यवस्थापन प्रमुख भानु खनालले बताए । खनालले पछिल्लो समय पानीको माग राजधानी काठमाडौंमा मात्रै नभई विदेशमासमेत रहने गरेकोले आफूहरुले स्वच्छ पानी वितरण गर्ने सुनाए ।

कम्पनीले ३ सय एमएलको बोतलदेखि २० लिटर ‘एक्वा 24 क्यारेट’ ब्राण्ड को खानेपानी बिक्रि वितरण गर्दै आएको छ । ३ सय एमएलको बोतलको बजारमाग बढीरहेको खनालको भनाई छ । कम्पनीले विभिन्न होटेल, संघसंस्था तथा कम्पनीहरुमा सम्बन्धित संस्थाको ब्रान्ड राखेर पानी उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले ४ वटा गाडीद्वारा  मूलकाे स्वच्छ पानी  बिक्रि गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…

मेष– अनावश्यक भ्रमण हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथीसंगतमा खर्च हुनेछ । वृष– क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर…