गोविन्द केसीसँग तत्काल वार्ता गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनसनरत चिकित्सक गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । डडेलधुरामा अनसनरत चिकित्सक केसीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको समाचार आईरहेका बेला नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलनमार्फत तत्काल वार्ता गरी उहाँका जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

केसीको जीवन रक्षा गर्ने कर्तव्यबाट विमुख नहुन सरकारलाई काँग्रेस प्रवक्ता शर्माले अपिल गर्नुभएको छ । प्रवक्ता शर्माले मापदण्ड भन्दा बढि शुल्क लिने मेडिकल कलेजहरुलाई कार्बाही गर्न र पीडित विद्यार्थीको माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय एकता निर्माण भएको आजको सन्दर्भमा भारतसँगको सीमा समस्या समाधानका लागि सरकारले परिणाममुखी पहल गर्नुपर्ने शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…