आलम प्रकरण : पीडितलाई बन्धक बनाएर बयान फेर्ने लगाइयो

काठमाडौं । राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आमल पक्षले बम विस्फोटमा घाइेत भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ । मंगलबार बिहान नागरिकसँग सो बम विस्फोटका घाइते तथा साझी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन् ।

बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारे । आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो । सोही समय अदालत प्रवेश गर्दै सरकारी साक्षीका रुपमा राखिएका चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवदेन दिन लगाएका थिए ।

४ दिनअगाडि भारत सीतामढीकै मुसाचोकस्थित आफ्नो घरमा बसिरहेका बेला ४–५ जना मानिस जिप लिएर आई केही काम छ भनी अपहरण गरी आलमको शिवहर जिल्लास्थित आफ्न्तको घरमा बन्धक बनाएर राखेको बताए । मानिसले ‘तिमीलाई जति पैसा चाहिन्छ दिउँला तर अदालत गएर बयान फेर’ भन्दै आधार कार्ड लिई एउटा लिखित कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाएको चमारले खुलासा गरे । नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।