सीमा सुरक्षा सशक्त बनाइँदै

काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित पत्रपत्रिकाहरुले विभिन्न फरक – फरक शीर्षकका समाचारले प्राथमिकता पाएका छन् ।

मंगलबार जनता समाचार डटकम मा मन्त्रिमण्डल छिट्टै हेरफेर हुन्छ – श्रेष्ठ, प्रमुख सल्लाहकार परिवर्तन हल्ला मात्रै, पोखरेल, प्रहरी चौकीमा विस्फोट, भारतीय नागरिक नियन्त्रणमा, आलम प्रकरण, पीडितले फेरे बयान, दोषी उम्किने सम्भावना, स्वच्छ पानी वितरणमा युवाहरुको जोड, महिला कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ, त्रिभुवन आर्मी र चर्च ब्वाइजबीच उपाधि रक्षा भिडन्त र राष्ट्रपति हमिदद्वारा भक्तपुरका सम्पदा अवलोकन (फोटो फिचर) लगायतका समाचार प्रकाशन गरिए ।

राजधानी दैनिकले सरकारले सीमाक्षेत्रमा १०० भन्दा बढी बोर्डर अब्जर्भर पोष्ट (बीओपी) थप गर्नेगरी नितिगत तयारी अघि बढाएको र जनशक्ति व्यवस्थापनका लागि परामर्श गरिरहेको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा सशस्त्र प्रहरी महानिरीक्षक शेलेन्द्र खनालले थप बीओपीको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको र प्रस्ताव स्वीकृत भएलगत्तै सबै स्थानमा बीओपी सञ्चालनमा ल्याउने बताउनुभएको उल्लेख छ ।

हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १०७ वटा बीओपी सञ्चालनमा छन् । प्रत्येक बीओपीमा ३५ जनाको समूहमा टोली खटाइएको छ । सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किलोमिटरमा रहेको राजधानीले लेखेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…