४० औं महासभाकाे बैठकमा भाग लिन शिक्षामन्त्री पेरिसमा

पेरिस । संयुक्त राष्ट्र सघको शैक्षिक बैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को ४० औं महासभामा भाग लिन शिक्षामन्त्री गिरीराजमणि पोखरेल पेरिस पुग्नुभएको छ ।

बैठक यूनेस्कोको मुख्यालय फ्रान्सको पेरिसमा सुरु भएको हो । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठक मा नेपालको तर्फबाट शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री एवम् यूनिस्कोको लागि नेपालका अध्यक्ष गिरिराजमणि पोखरेलले सहभागी जनाउनुभएको छ ।

महासभामा उच्च शिक्षा तथा समावेशिता नेपालको उच्च शिक्षाको स्थितिका विषयमा मन्त्री पोखरलले सम्बोधन गर्नुहुने भएको छ । शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १२ देखि २७ सम्म सञ्चालन हुनेछ । महासभा बैठकले नयाँ नेतृत्व चयन गर्नेछ ।

बैठकमा यूनेस्कोको लागि स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्को लागि नेपालका सहायक महासचिव डा. बाबूराम अधिकारी, पेरिसस्थित उपनियोग प्रमुख खड्गप्रसाद दहाल, नेपालको लागि विश्व शिक्षक महासंघ प्रतिनिधि राजेन्द्रराज पौडेल लगायत सहभागी हुनुहुन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…