बालविवाहको आरोपमा एक जना पक्राउ

सुखिलाल चौधरी
उदयपुर । बालविवाह गरेको आरोपमा कटारी नगरपालिका का एक व्यक्ति पक्राउ परेका छन् । १४ वर्षिय किशोरीलाई ललाई फकाई विवाहका लागि भगाएको आरोपमा २० वर्षिय सरोज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरीका आफन्तले बालविवाह गरेको किटानी जाहेरी दिएको आधारमा गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताउनु भयो ।

केसीका अनुसार १० दिनअघि किशोरीलाई भगाएर विवाह गरेको गिरीमाथि आरोेप छ । गिरीलाई मंगलबार म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…