Logo बैशाख ३१, २०७८ शुक्रबार


बल र वीरेन्द्रकाे ‘किन बस्याै यी आँखामा’ म्युजिक भिडियाे सार्वजनिक

झापा । लामो समयको अन्तरलालपछि सञ्चारकर्मी तथा गीतकार वीरेन्द्रकुमार साहको दोस्रो एल्बममा समावेश गरिएको गीत ‘किन बस्यौ यी आँखामा’ को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।

नेपाली चलचित्रका निर्देशक नवल नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक तथा मोडल माधब केसी,भुपाल सञ्जेल, निकिता संग्रौलाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन भने कृष्ण सुवेदीको श्रृङ्गार रहेको छ।

हिमालय टेलिभिजनमा प्रशारण भइरहेको द भ्वाइस अफ नेपालबाट सबैतिर चर्चा बटुलिरहेका गायक तथा संगीतकार बलबहादुर राजबंशीको स्वरमा रहेको मर्मस्पर्शी गीतलाई सञ्चारकर्मी तथा गीतकार वीरेन्द्रकुमार साहले लेखेका हुन्। गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्।

म्युजिक भिडियोलाई प्रदेश एकको कोशी नदी, चतरा, दोमुखालगायतको पर्यटकीय स्थानहरुमा छायांकन गरिएको र यसले प्रदेश एकमा रहेको पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार हुने निर्देशक नेपालले बताए। म्युजिक भिडियोमा त्रिकोनात्मक प्रेमकथालाई समावेश गरिएको छ । म्युजिक भिडियो चाडै नै दर्शकमाँझ ल्याउने नेपालले बताए।

यो म्युजिक भिडियोले दर्शक र स्रोताहरुको अपार माया पाउनेमा नायक तथा मोडल माधब केसी तथा गीतकार वीरेन्द्रकुमार साह निकै नै आशवादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…