नेपाल आमाको आग्रह नेपाली छोराहरुलाई

कविता

रगतको आसनमाथि मडारिदै
एउटा मृत्यु परास्त गरी
करोडौं नेपाली छोराहरु
जन्माएँ ।

तर ! पटक पटक छिमेकीले मलाई
लछारपछार पार्दै छातिमाथि
परेड खेलिरहँदा,
किन तिमीहरु चुपचाप बसिरहन्छौँ ! छोराहरु हो ?
अनि, तिमीहरु खेल्ने आँगन
पराइले अतिक्रमण गरी
उस्ले आफ्नो नक्शामा उतारिरहँदा
किन बोल्दैनौँ ?

के छ तिमीहरुको आन्तरिक स्वार्थ ?
भन त छोराहरु हो !

तिम्री आमालाई चिथोर्दै
बुट बजार्दै
अङ्ग अङ्ग काटेर लाँदा पनि
मप्रतिको दृश्य देखेर
तिमीहरुको मन कत्ती पनि दुखेको छैन ! ?
आफूमात्र सक्तैनौ भने
बोलाउ विश्वभर छरिएर रहेका
६० लाख नेपालीहरुलाई
जुटाउ र उठाउ नेपाल भरीका नेपालीहरुलाई
र तेर्स्याउ गर्दन छोराहरु हो
सिमानाका किल्ला किल्ला गएर,

तिमीहरुको लाचारी र कायरपन देखेर
डराइरहेको छ सगरमाथा
झुकाइदिने हुन् की भनेर,
कापिरहेको छ पहाडी छाती
कतै टुक्रिएर दरार बन्ने हो की भनेर,
शंकामा उभिएको छ समथर भूभाग
कसैले थाहै नपाई पारी गाउँमा लगेर
लुकाइदिने हुन् की भनेर,
आत्तिएको छ मेची
नेपाली नाम बोकेर बग्न पाउदिनकी भनेर,
टोलाइरहेको छ महाकाली
नेपालीहरुको तिर्खा मेटाउन नपाउने हो की भनेर,
उता मुर्छा भित्रबाट गुहार मागिरहेको छ
‘कालापानी र सुस्ता’
मलाई बचाऊ भनेर,
माटो जोगाई नेपाल आमालाई बचाउन
अब मेरो आग्रह मान छोराहरु हो
जाउ कालापानी सुस्तामा
मेरो आचलको पछ्यौरा पटुका बाँधी
नचाउ खुकुरी
उठाउ पुर्खाहरुको खुँडा
वर्षाउ बारुद र बम गोला
रोप तरबारहरु
सोझ्याउ बन्दुकहरु,

सकियो गोली भने
तिम्रा बाबाले दिएको
मुन्द्री तिलहरी र स्वयंम्बरको औंठी किचेर
बनाउ गोली भर तिम्रो बन्दुक र
पट्काउ दुश्मनका छातिहरुमा
अनि लखेटेर खेदाउ दुश्मनका दूतहरुलाई,

नेपाली रगतभित्र बाल्दै आगाको मुस्लो
देखाउदै वीर गोर्खाली अदम्य शाहस
उभ्याउ सिमानामा पिल्लरहरु
उच्च बनाउ शिर
गाडी चन्द्र सुर्य झन्डा फहराउ,
अनि मात्र हुने छौँ
वीर सपूत छोराहरु,

यदि मेरो आग्रह मानेनौ भने
छोराहरु हो
तिमीहरु छिमेकी दुश्मनको
आजिवन गुलाम बन्ने छौ।

-अरुण–५, भोजपुर

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।