प्रविधिमैत्री मनाङ बनाउने सांसद पोलदेनको याेजना

मनाङ । जिल्लाको चारवटै स्थानीय तहमा जीएसएम मोबाइल सेवा सञ्चालनमा आएको छ ।

ङिस्याङ गाउँपालिका–१, माथिल्लो पिसाङ गाउँको पिसाङ उर्गेन छोयलिङ गुम्बा नजिकैको नेपाल टेलिकमको मोबाइल टावरको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोलदेन छोपाङ गुरुङले उद्घाटन गरेका छन् ।

गण्डकी प्रदेशमा नै पहिलो पटक जोडिएको आइपी नयाँ र आधुनिक प्रविधि हो । एकपटकमा ५० जनासम्मले एकतर्फी कुरा गर्न सकिने यो प्रविधिबाट थ्रिजी इन्टरनेट सेवा सञ्चालन भएको छ ।

आवश्यक परे यही प्रविधिबाट फोरजी सेवासमेत विस्तार गर्न सकिने छ । यही सेवाको एनटिसी मोबाइलमा कुराकानी गरेर सांसद गुरुङले पहिलो प्रयोगकर्ता बनेर सुरुवात गर्नुभएको छ । सेवाको सुभारम्भ गरेपछि सांसद गुरुङले नियमित सेवा प्रवाह गर्न, अपडेट र मर्मत सम्भारमा सहयोग गरिरहन दुरसञ्चार कर्मचारीहरुलाई अनुरोध गर्नुभयो । केही महिना अगाडि मनाङ जिल्लाको विकट नार्पाभुूमी गाँउपालिकाको फु गाउँको दुरसञ्चारको टावर सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेपछि त्यहाँ पनि मोबाइल सेवा सञ्चालनमा रहेको छ । जिल्ला सदरमुकाम चामेमा रहेकाे दुरसञ्चारकाे टावर अपग्रेड गरिएकाे छ र मनाङ ङिसाङ गाउँपालिकाकाे खाङ्सारमा नयाँ टावर स्थापना गरेपछि जिल्लाभर सञ्चार सेवा उपलब्ध भएकाे छ ।

स्याटलाइट लिंक प्रयोग गरी मोबाइल सेवा प्रदान गरिएको उक्त टावरले पिसाङसँगै ढिकुरपोखरी, भ्राताङ, स्वर्गद्धारी, तल्लो पिसाङ, घ्यारु, ङावल, हुम्डेसम्म काम गर्नेछ ।

गाउँमा मोबाइल टावर सञ्चालनपछि एक ठाउँबाट अर्को ठाउँमा कुराकानी गर्न सहज भएको छ । यसले स्थानीय जनतामा खुशी ल्याएको छ ।
यो सेवा सञ्चालनमा आएपछि मनाङका जनताले निजी कम्पनीको महंगो सेवाबाट छुटकरा पाएका छन् । अब यहाँका स्थानीय जनताले एनटिसीको टावर निर्माण भएपछि एनटिसीको सिम चलाएर कुराकानी गर्नेछन् । गाउँहरुलाई टावरले काम गर्ने भएपछि एनटिसी/एनटिसी सिमबीच कुरा गर्न झनै सहज बनाएको छ । मोबाइल टावर ल्याउनका लागि मनाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद पोलदेन छोपाङ गुरुङले पहल गरेका थिए । उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी दुरसञ्चार प्राधिकरण अन्तर्गतका कार्यालयहरुमा छिटो सेवा सञ्चालनका लागि प्रयास गरेका थिए । मंगलबार जीएसएम मोबाइल सेवाको उद्घाटन गर्दै सांसद पोलदेन छोपाङ गुरुङले मोबाइल सेवाबाट स्थानीय बासिन्दालाइ फाइदा पुग्ने बताए । मनाङ पर्यटकीय जिल्ला भएकाले यहाँ आउने पर्यटकलाई समेत सहज हुने तथा सरकारी काम प्रविधिमैत्री हुनुका साथै सेवाप्रवाह पनि छिटो हुने गुरुङको भनाइ थियो ।

नेपाल सरकारकाे भ्रमण वर्ष २०२० को तयारीमा जुटेको बेला पुर्वाधार निर्माणका काममा गति दिन जनप्रतिनिधिको प्रयासले थप टेवा पुग्ने छ । चुनावको बेलामा विकट बस्तीमा मोबाइल सेवा लैजाने बाचा पूरा गर्न सांसद गुरुङ लागि परेका छन् ।

हिमाल पारीको सुन्दर जिल्ला मनाङका विकट गाउँबस्तीहरुमा विकासका आधारभुत सेवा सुविधा पुर्याउनका लागि पहिलो प्राथमिकताका साथ काम गर्ने गुरुङको प्रतिवद्धता रहेको छ ।

मनाङ प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सप्तरी । जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय कर्मचारी घुससहित पक्राउ परेका छन् ।  मालपोत कार्यालय नायब सुब्बा कृष्णबल्लभ ठाकुर पक्राउ…

महोत्तरी । जलेश्वर कारागारमा कैदीबन्दी धमाधम बिरामी पर्न थालेका छन् । एकैदिन १ सय ५४ कैदीलाई ज्वरो आएको छ ।…

काठमाडौं । प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायी आन्दोलित भएका छन्…

सप्तरी । भारतसँग सीमा जोडिएको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले जिल्लाको…

काठमाडौं । ललिपुरमा एक युवकले युवतीलाई कोठामा पुर्याइदिने बहानामा बलात्कार गरेका छन् । इलाम घर भई ललिपुरको नख्खुमा बस्दै आएका…

मेष– घरायसी चिन्ता थपिनेछ । पारीवारिक काममा दिन बित्नेछ ।  अशान्तिले पिरोल्नेछ । वृष– कार्य ढिला पूरा हुनेछ । यात्रामा…