खण्डहर बल्खुमा मदन भण्डारीको एक्लो सालिक (भिडियाेसहित)

काठमाडौं । सत्तारुढ नेकपाले धुम्बाराहीस्थित भाडाको घरबाट पार्टीको केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । उता नौ रोपनी क्षेत्रफल ओगटेको बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको क्षेत्र भने खण्डहरमा परिणत भएको दर्दनाक अवस्था छ ।

२०७२ मा बैशाख १२ को विनाशकारी भूकम्पमा पुरानो कार्यालय भवन भत्किएपछि बल्खुमा नयाँ कार्यालय भवन बनाइएको छैन । जसले गर्दा त्यहाँ रहेको पार्टीका दिवंगत महासचिव मदन भण्डारीको सालिक एक्लो जस्तै देखिएको छ । दासढुंगामा मदन भण्डारीको रहस्यमय हत्या भएको जेठ ३ गते भण्डारीको सालिकमा माल्यार्पण गर्न नेतादेखि कार्यकर्ताको ओइरो लागेपनि अरुबेला बल्खु सुनसान देखिन्छ । आखिर किन नेकपाले त्यहाँ कार्यालय भवन बनाउन चासो दिइरहेको छैन त ? मदन नगर नामाकरण गरिएको ठाउँमा पार्टी कार्यालय नबनाउँदा कार्याकर्ताले बैराग लागेको बताउँछन् ।

यसबारेमा जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पूर्वमन्त्री मोदनाथ प्रश्रित र इञ्जिनियर शंकरनाथ रिमालसँग भएको विशेष बहसः

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…