पराल काट्ने हतियार प्रहार गरी सौताको विभत्स हत्या

काठमाडौं । एक महिलाले धारिलो हतियार प्रहार गरी आफ्नै सौताको विभत्स ढंगले हत्या गरेकी छन् । चक्रघट्टा गाउँपालिका -४ सर्लाहीकी ३५ वर्षीया काेरैसा खातुनले २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेकी हुन् ।

मंगलबार साँझ काेरैसाले खुर्सिदाको हत्या गरेको प्रहरीले जनाएको छ । ‘घरभित्रै पराल काट्ने फलामको धारिलो हतियारले शरिरका विभिन्न अंग काटेर टुक्रा -टुक्रा पारेको रहेछ’ प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराइले जानकारी बताए । भट्टराईका अनुसार विभत्स ढंगले हत्या गरी टुक्रा – टुक्रा पारेको शवलाई झोलामा हालिएको रहेछ । शव फाल्न लागेको समयमा प्रहरीले काेरैसालाई पक्राउ गरेको हो ।

स्थानीय बासिन्दाका अनुसार दुई सौताबिच बेला – बेला झगडा हुने गर्थ्याे । श्रीमान शेख बलाल वैदेशिक रोजगारीका लागि घरबाट हिंडेको ४ दिनपछि घटना घटेको हो । घरमा एक अशक्त सासु मात्रै छिन् । समाचार नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…