गौतमलाई राष्ट्रियसभामा ओलीको ‘अफर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सामेल बन्न ‘अफर’ गर्नुभएको छ । प्रधानमन्त्रीले गौतमलाई राष्ट्रियसभामार्फत सरकारमा समेत सहभागी बन्न प्रस्ताव गर्नुभएको हो ।

मन्त्रीपरिषद् हेरफरेको चर्चा चलिरहेका बेला गौतमलाई सांसद बनाएर सरकारमा भित्र्याउन खोजिएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले गौतमलाई यस्तो ‘अफर’ गर्नुअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगसमेत छलफल गर्नुभएको छ । दुई नेताबिचको छलफलपछि त्यस्तो प्रस्ताव आएको गौतम निकट एक नेताले बताए ।

आगामी माघमा राष्ट्रियसभाका एक तिहाई सांसदको कार्यकाल सकिँदैछ । त्यसपछि त्यहाँ रिक्त रहने पदमा नयाँ व्यक्तिलाई चुन्न निर्वाचन हुन्छ । त्यस्तो अवस्थामा गौतमलाई राष्ट्रियसभा सदस्य बन्न बाटो खुल्नेछ । यद्दपी नेता गौतम भने राष्ट्रियसभामा जाँदैमा प्रधानमन्त्री बन्न नपाइने व्यवस्था रहेकाले उक्त पदमा जान अनिच्छुक रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…