मिडिया काउन्सिल विधेयकमाथि छलफल शुरू

पत्रकारको योग्यता तोक्न प्रस्ताव

काठमाडौं । संसदमा दर्ता भएको ६ महिनापछि मिडिया काउन्सिलसम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ ।राष्ट्रिय सभाको विधायन ब्यवस्थापन समितिले बुधबारदेखि यो विधेयकमाथिको छलफल शुरु गरेको हो ।

कीकृत रुपमा संशोधन प्रस्ताव दर्ता गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५ जना राष्ट्रियसभा सदस्यले  पत्रकारलाई समाचार लेखेकै कारण दश लाख जरिवाना गर्ने व्यवस्था हटाउने प्रस्ताव गरेका छन् । उनीहरुको संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भने ‘२५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना’ गर्ने भन्ने वाक्यांशको सट्टा ‘सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने वा कालो सूचीमा राखी नाम सार्वजनिक गर्ने’ भन्ने वाक्यांश राख्न प्रस्ताव गरेका छन् । सांसदहरुले संशोधन प्रस्ताबमा मिडिया काउन्सिलका अध्यक्ष र सदस्यको नियुक्तिबारे भएको विरोधलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् ।

सत्तारुढ नेकपाका सांसद ठगेन्द्रप्रकाश पुरीले ‘मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त निकायको रुपमा रहने’ भनेर विधेयकको प्रस्ताबनामै लेख्नुपर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । नेकपाका सांसदहरुले पत्रकारहरुको योग्यता तोक्न पनि प्रस्ताव गरेका छन् । पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुबै परीक्षा दिनुपर्ने संशोधनमा उल्लेख छ ।

पत्रकारको रुपमा दर्ता हुन पत्रकारीता विषयमा स्नातक उपाधी भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्ने जस्ता प्रावधान राख्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…