‘उद्योगपति ज्योतिलाई हिरासतमा राखिनु गलत’

काठमाडौं । प्रतिष्ठित उद्योगपति डा. रुप ज्योतिलाई ठगी प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अदालतले पूर्पक्षमा थुनामा राखी कारबाही प्रक्रिया अगाडी बढाउन दिएको निर्देशनप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

घरानाका उद्योगपति डा. रुप ज्योतिलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विना सूचना पक्राउ गरी हिरासतमा लिएको घटनामा गलत भएको महासंघको ठहर छ । दुई पक्षबीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।

उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पु¥याई कैंयौलाई रोजगारी दिँदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडी बढाउन लगाउनु उचित नभएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…