ग्यारेजमा एम्बुलेन्स, बिरामी बोक्न स्टेचर

एलबी विश्वकर्मा
अछाम । पञ्चदेवल विनायक नगरपालिकामा तत्कालिन संविधानसभा सदस्य जानकी साउद सांसद विकास कोषकाे बजेटबाट किनिएको  एम्बुलेन्स हस्तातरण गर्नुभएको थियाे । आफ्नो क्षेत्रका बासिन्दाले स्टेचरमा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य गर्न एम्बुलेन्स हस्तातरण गर्नुभएको थियाे । तर अहिले एम्बुलेन्स शहरमा छ, बिरामीलाई सर्वसाधारणले स्टेचरमै बोकिरहेका छन् ।

नगरपालिकाको वडा नम्बर २ मा राख्नेगरी हस्तातरण गरिएको एम्बुलेन्स करिब ९ महिना पहिले बिग्रिएको थियो । एम्बुलेन्स मर्मतका लागि जनप्रतिनिधिले ध्यान नदिँदा एम्बुलेन्स बिग्रिएको हो । ३ वर्षसम्म एम्बुलेन्स चलिरहेको थियो । बिरामी बोक्नलाई सहज भएको थियो । एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई फेरी काँधमा बोकेर लानुपर्ने बाध्यता भएको स्थानीय करण विकको भनाइ छ ।

एम्बुलेन्स सञ्चालक समितिमार्फत सञ्चालनमा रहेको एम्बुलेन्सलाई नगर सरकारले आफ्नो मातहतमा लिएको करिब एक वर्ष भएको छ । नगरले आफ्नो मातहतमा लिएदेखि नै एम्बुलेन्स चल्न छोडेको स्थानीय बताउँछन् । नगर सरकारले सञ्चालक समितिसँग हरहिसाब मागेर वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको जिम्मामा एम्बुलेन्स रहेको थियो । वडाध्यक्ष धामीको लापरवाहीका कारण एम्बुलेन्स मर्मत हुन नसकेको स्थानीयको आरोप रहेको छ ।

एम्बुलेन्स मर्मत हुन नसक्दा बिरामीलाई समयमा अस्पतला लैजान नसक्दा कति बिरामीको मृत्यु हुने गरेको छ । करिब सात महिना अघि प्रसुती हुन नसकी अकालमा ज्यान गुमाउन बाध्य भएकी पञ्चदेवल विनायक नागरपालिका–२ की चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो । उनलाई अस्पताल लैजानका लागि जिप रिजर्भ गरिएको थियो तर जिप आउन समय लागेकाले उनको अवस्था थप खतरातर्फ धकेलिएको थियो । यस्तै सात नम्बर वडाकी धनादेवी रावललाई चट्याङ् लागेर मृत्यु भएको थियो, स्वस्थ्यकर्मीका अनुसार उनको पनि समयमै उपचार हुन सकेको भए ज्यान जाने थिएन ।

‘एम्बुलेन्स मर्मत गर्न पैसाको अभाव देखिएको छ’ वडाध्यक्ष धामीले भन्नुभयो, ‘पहिले सामान्य मर्मत हो भनेर केही रकम पठाईयो तर नेपालगञ्ज पुर्याउँदा १ लाख ५० हजार भन्दा बढी लाग्गने देखिएकाले पैसा मिलाएर पठाउने पहल भइरहेको छ ।’

तात्कालिन सञ्चालक समिति अध्यक्ष शेरबहादुर बुढाले एम्बुलेन्स नगरले मर्मत गर्न नसक्ने भए आफै बनाउने र पुनः आफ्नो मातहतमा रहने गरी जिम्मा दिनुपर्ने बताउनुभएको छ । हामी बनाएर चलाउँछौ, हामीलाई जिम्मा दिनुपर्यो उहाँले भन्नुभयो ।

स्थानीय सरकारको लापरवाहीका कारण एम्बुलेन्स मर्मत हुन नसकेको हो । नगरपालिकाको मातहतमा भएका अधिकांश सवारी साधनमा लापरवाही भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।