निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थप

काठमाडौं । निजामती कर्मचारीको सेवा अवधि ६० वर्ष कायम हुने भएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद ६० वर्ष पुर्याउने निर्णय गरेको हो ।

निजामती सेवाको कर्मचारीको अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पुर्याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिनुभयो । तर त्यो हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पुर्याइनेछ । पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि बिहीबार पनि छलफल गरिएको थियो ।

बैठकले कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढी नम्बर दिने सहमति गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।