लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन (फोटोफिचर)

प्रकाश न्यौपाने
भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रोपटक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु भएको छ ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा प्रदेश ५ सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी उद्यानमा पहिलो दोस्रोपटक अन्तर्राष्ट्रिय सामूहिक त्रिपिटक वाचन शुरु भएको हो । बिहीबारदेखि शुरु भएको पाठ तीन दिनसम्म चल्ने छ ।

कार्यक्रममा भगवान बुद्धको उपदेश त्रिपिटकको सामूहिक रुपमा तीन दिनसम्म पाठ गरिने छ । विगत १६ वर्षदेखि भारतको बोधगयामा हुँदै आएको पाठ अघिल्लो वर्षबाट बुद्ध जन्मस्थल लुम्बिनीमा शुरु गरिएको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताउनुभयो । ‘हामीले दोस्रोपल्ट त्रिपिटक पाठ बुद्धजन्मस्थलमा शुरु गर्न सफल भयौं । यस्ता आध्यत्मिक गतिविधिले लुम्बिनीको थप प्रचार हुने हाम्रो विश्वास छ’, अध्यक्ष मैत्री महास्थवीरले भन्नुभयो, ‘यो पर्यटक विकासको कोसेढुंगा पनि हो ।’

त्रिपिटकमा नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापानलगायत २५ देशका बौद्ध भिक्षु, लामा, भिक्षुणी, आम नागरिकाहरू सहभागी छन् । अध्यक्ष महास्थवीरकाअनुसार सामूहिक वाचनमा विभिन्न देशका गरी करिब एक हजार सहभागी छन् । नेपालमा योभन्दा पहिला अमृतानन्द भन्तेले कल्पना गरेअनुसारको संगायना देशना २०४५ सालमा भएको थियो । त्यसयता यस किसिमका कार्यक्रम हुन सकेको थिएन । गत वर्षबाट मात्रै त्रिपिटक वाचन शुरु भएपछि लुम्बिनीको महिमा थप उचाईमा पुगेको छ ।

तीन दिनको कार्यक्रममा थाइ भिक्षुहरूको नेतृत्वमा पाठ हुनेछ भने नेपाली भिक्षुहरूको नेतृत्वको सत्र पनि हुने छ । त्यस्तै क्रमशः बर्मा, श्रीलंका र कम्बोडियाका भिक्षुहरूको नेतृत्वमा एक÷एक घण्टा पाठ हुने छ । अन्तिम दिन मायादेवी मन्दिरको वरिपरी मैनबत्तीसहितको शान्ति पदयात्रा तथा द्वीप प्रज्वलन कार्यक्रम गरिने आयोजकले जनाएका छन् । यसका साथै बिहीबार र शुक्रबार गरी दुई दिन नेपालकै प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि हुने कार्यक्रम छ । संस्कृतिविद्हरुले त्रिपिटक पाठपछि अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको महत्व थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएका कारण नेपालमै लगातार त्रिपिटक वाचन शुरु गर्नुपर्ने जानाकार बताउँछन् । ‘धेरै नेपालीहरुले त सम्पूर्ण त्रिपिटक देखेका पनि थिएनन् । अघिल्लो वर्षबाट हामीले शुरु गर्यौं । पवित्र ठाउँमा पवित्र ग्रन्थ पाठ भएपछि धेरैले बुझेका छन् र देखेका छन् । यो सबै नेपालीहरूको लागि गर्व गर्ने कुरा हो’, मैत्री महास्थवीरले भन्नुभयो । विशेषगरी त्रिपिटकमा नेपालमा थेरवाद भिक्षु आम नागरिकाहरूले कपिलवस्तुमै भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गरेको बिसन्तर जातक तथा शाक्य र कोलीयहरूको युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गरेका महासमय सुत्र पाठ गरिनेछ । जसका लागि देवनागरीमा तथा थाइ लिपिमा उक्त ग्रन्थको पुस्तक प्रकाशित गरिएको छ ।

लुम्बिनीबारे जानाकारहरुले यस्ता आध्यात्मिक गतिविधिहरु लुम्बिनीमा गरिरहनु पर्ने बताउँछन् । प्रत्येक वर्ष त्रिपिटक पाठ गर्न सके पनि अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको गरिमा बढ्ने र पर्यटन क्षेत्र फस्ट्याउने व्यवसायी बताउँछन् । लुम्बिनी उद्यानमा आयोजना गरिएको त्रिपिटक पाठले पर्यटन क्षेत्रमा थप आयाम थपेको आयोजकको विश्वास छ ।

त्रिपिटकको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए । ‘लुम्बिनी विश्व शान्तिको केन्द्र हो । यहाँको विश्वजगत्मा विलक्षण महत्व छ’, उनले भने । पोखरेलले त्रिपिटक वाचनले विश्व जगत्मा शान्ति, सद्भाव र भातृत्वको सन्देश जाने बताए । मुख्यमन्त्री पोखरेलले लुम्बिनीसँगै तिलौराकोट र रामग्राम, देवदहको विकासका लागि प्रदेश सरकार लागि परेको जनाए । थाइल्याण्डका पूर्वस्वास्थ्यमन्त्री पुनिङ सुधारतले लुम्बिनीको विकासमा आफूहरु सधै हातेमालो गर्ने बाताउनुभयो । उहाँले यस किसिमका त्रिपिटक वाचनले लुम्बिनीको महत्व अझै बढ्ने जनाइन्

त्रिपिटक पाठ शुरु हुनुअघि पवित्र उद्यान क्षेत्रमा र्याली निकालिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…