विदेशी पर्यटकको गतिविधिबारे सचेत रहन आग्रह

काठमाडौं । पर्यटक वा सामान्य विदेशीले नेपालका होटलमा बसोबास गरेर शंकास्पदरुपमा रकमको खर्च गरिरहेका छन् कि भन्ने बारे बेलैमा सचेत हुनुपर्ने भएको छ । होटलमा पर्यटकको दायित्व र शंकास्पद गतिबिधिबारे व्यवसायीहरु बेलैमा चनाखो बन्न नसके अनावश्यक झन्झट र व्यवसाय नै खतरामा पर्ने देखिएको छ ।

टुरिजम लयर्स फोरम नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको पर्यटन व्यवसायमा दुस्कृति र कानूनी दायित्व विषयक अन्तरक्रियामा नेपालका होटलमा आएर बस्ने विदेशी पर्यटकले अवैध र गैरकानुनी तवरले ल्याएको रकम खर्च गरिरहेका छन् कि भन्नेबारे व्यवसायीले समयमै ध्यान दिनुपर्नेबारे सचेत गराइएको छ । अन्तक्रियामा कुनैपनि विदेशीले स्रोत नखुलेको पैसा होटलमा खर्च गरेर वैध बनाउने कार्य त गरिरहेका छैनन् भन्नेबारे होटल व्यवसायीले कानूनसम्बन्धी विषयमा समयमै जानकारी लिनुपर्नेबारे सुझाइएको हो । कार्यक्रममा कानुनी पाटो नजान्दा व्यवसायीक श्रम सम्बन्धमा समेत खटपट आउनेगरेको विषयबारे ध्यानाकर्षण गराउँदै कानुनी क्रियाकलाप अंगाल्न आग्रह गरिएको थियो ।

पर्यटक वा सामान्य विदेशीले दैनिकरुपमा एक हजार डलर खर्च गर्दै नियमित होटलमा बसोबास गर्नु, एकैचोटी पाँच हजार डलर वा सो भन्दा माथिको कारोबार गर्नु, बैंक खाता खोलेर एक साता कार्य गरेर कारोबार नै बन्द गर्नु लगायत कार्य शंकष्पद हुने भन्दै त्यस्ता क्रियाकलापबारे निगरानी राख्नुपर्ने बताइएको हो । त्यस्तै व्यवसायीले आफूले दुःख गरेर कमाएको सम्पति कर तिरेर सुरक्षित गर्नेबारे पनि सुझाइएको थियो ।

नेपाल पर्यटन बोर्ड र होटल संघ नेपालसँगको सहकार्यमा स्टार होटल र ट्रेकिङ लगायत क्षेत्रका संचालक एवं व्यवस्थापकलाई कर तिरेर, कानुनी पाटोबाट वैध व्यवसाय गर्नेबारे कार्यक्रममा सचेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।