अबदेखि कमर्चारी अवकाशको उमेरहद ६० वर्ष

काठमाडौं । संघीय जिजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अबदेखि ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति जनाउँदै उमेरहद बढाएको हो । यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो ।

हाल बहाल रहेका कर्मचारीहरुको हकमा भने जन्ममितिका आधारमा क्रमश: अवकाशको उमेरहद कायम रहने गरी सहमति भएको छ । समिति सचिव सञ्जय दाहालका अनुसार अवकाशको उमेरहद, निवृत्तिभरण लगायतका व्यवस्थामासमेत समितिले बिहीबार सहमति गरेको छ ।

सदनबाट यो प्रस्ताव पारित भएमा नयाँ नियुक्त हुने कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष र हालका कर्मचारीको हकमा जन्ममितिका आधारमा ६/६ महिना कार्याकाल लम्बिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।