कालापानीबारे चीनले भन्यो, ‘हामीले सीमा मिचेकै छैन’

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित पत्रपत्रिकाहरुमा विभिन्न फरक – फरक शीर्षकका समाचारले प्राथमिकता पाएका छन् ।

बिहीबार जनता समाचार डटकम मा लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन (फोटोफिचर), विदेशी पर्यटकको गतिविधिबारे सचेत रहन आग्रह, सातै प्रदेशमा हस्तकला हब स्थापना (भिडियोसहित), जीप दुर्घटना दुईको मृत्यु, आठजना घाइते, ‘उद्योगपति ज्योतिलाई हिरासतमा राखिनु गलत’, गौतमबुद्ध विमानस्थल निर्माणमा तीव्रता र ओम सुनारको ‘तिमीलाई माया गरुँ भन्छ यो मन’ बजारमा लगायतका समाचार प्रकाशन गरिए ।

अन्नपूर्ण पोष्ट् ले कालापानीबारे चीनले भन्यो, ‘हामीले सीमा मिचेकै छैन’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे भारतीय पक्षले नेपाली सीमा मिचेको खबर सार्वजनिक भएको १० दिनपछि चीनले मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले नियमित पत्रकार भेटघाटमा कालापानि अतिक्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै कालापानी सीमाबारे नेपाल र भारतले शान्तिपूर्ण वार्ता गरेर समाधान खोज्न आवश्यक रहेको बताएका छन् । चीनले कालापानीकाे भूभाग कत्तिपनि नमिचेकाे पनि सुआङले प्रष्ट पारे ।  पछिल्लोसमय भारतले जम्मु कश्मीर र लद्दाख छुट्याएर केन्द्र शासित प्रान्त बनाएपछि जारी गरेको नयाँ नक्सामा नेपालको कालापनी क्षेत्रलाई समेत पारेपछि नेपालमा व्यापक विरोध भइरहेको छ ।

कालापानी चीनले नमिचेको उल्लेख गर्दै काठमाडौंस्थित चिनियाँ दुतावासका प्रवक्ता सिवाङ -लङले भने, ‘कालापानी भन्ने बित्तिकै सबै क्षेत्र पर्ने र यसमा नेपाल र भारत दुवै पक्षले मित्रवत् वार्ताबाट शान्तिपूर्ण समाधान खोज्नुपर्ने चीनको आधिकारिक धारणा’ रहेको प्रष्ट पारेका छन् । अन्नपूर्णले कर्मचारीको उमेर हद ६० वर्ष बनाएको र धानमा व्यापारीको मनोमानी बढेको जस्ता समाचारलाई पनि प्रमुख समाचारकै रुपमा प्रकाशित गरेको छ ।

राजधानी दैनिकले संघीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष हुने समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचार अनुसार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति जनाउँदै अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष बनाएको हो ।

समाचारमा हाल बहाल रहेका कर्मचारीहरुको हकमा जन्ममितिका आधारमा अवकाशको उमेरहद कायम रहने गरी सहमति भएको उल्लेख छ । राजधानीले तरकारीको मूल्य बढ्दा भान्सा धान्नै गाह्रो हुन थालेको समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…