एफएम बन्द गराउन सक्ने कार्यविधि लागू

काठमाडौं । बढैयाताल गाउँपालिका बर्दियाले सञ्चारमाध्याममाथि अंकुश लगाउने प्रावधानसहितको विवादास्पद कार्यविधि लागू गरेको छ । गाउँपालिकाको यो व्यवस्थापछि स्थानीय सञ्चारकर्मीहरुले आफूहरुलाई यस्तो कानुन मान्य नहुने जनाएका छन् ।

गाउँपालिकाले एफएम रेडियोको इजाजतपत्र रद्द गर्नसक्ने प्रावधानसहितको सञ्चारसम्बन्धि कार्यविधि पारित गरेपछि विवाद भएको हो । गाउँसभाले तयार पारेको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिको दफा १० मा एफएमको प्रशारणमा रोक लगाउन सकिने प्रावधान राखिएको छ ।

सञ्चारमाध्याममाथि अंकुश लगाउने प्रावधान राखिएपछि गाउँपालिका र पत्रकारहरुबिच विवाद बढेको छ । समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।