तीनकुने पुलको ठेक्का तोड्न सिफारिस

फाइल तस्बिर 

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ‘जेडआइसी पप्पु कन्सट्रसन’ ले तीनकुनेको आर्क पुल सम्झौता अनुसार निर्माण नगरेको भन्दै ठेक्का तोड्न सडक विभागमा सिफारिस गरेको छ । आयोजनाले उक्त पुलसँगै ठेक्का लगाएको बिजुली बजारको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेपनि तीनकुनेको लथालिंग अवस्थामा छ ।

आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदारले सम्झौता अनुसार काम नगरेकाले ठेक्का तोड्न सिफारिस गरिएको बताए । चार दिन अघि सडक विभागलाई पत्र लेखेर तीनकुनेमा निर्माणाधीन पुलको ठेक्कोदार कम्पनीसँगको सम्झौता तोड्न सिफारिस गरिएको श्रेष्ठको भनाई छ ।

आयोजनाका अनुसार पप्पुले तीनकुनेमा बाग्मतीमाथि निर्माण गरिरहेको पुलको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ठेकेदार कम्पनीले पुलको फाउन्डेसनको पाइल निर्माणमा रहेको गम्भीर त्रुटी सच्याउन बारम्बार अटेर गरेकाले ठेक्का तोड्नुपर्ने अवस्था आएको जनाएको छ ।

यो पुल निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माणकाे जिम्मा लिएकाे थियाे ।

शुरूमा डिजाइन र सम्झौता अनुरुप मापदण्ड मिचेर पुल बनाएपछि यो पुलको निर्माण लामोसमयदेखि रोकिएर फेरि सम्झौता भएको थियो । पहिले पप्पुले निर्माण अवधि गुजारेकाले पुल निर्माणमा ढिलाई भएको थियो भने हाल फाउन्डेसनको पाइल निर्माणमा रहेको गम्भीर त्रुटी रहेकाले ठेक्का नै रोकिएको छ । समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।