बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फर्किंदै

काठमाडौं । चार दिवसिय भ्रमणका लागि नेपाल आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्किंदै हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मंगलबार श्रीमती र ५० दस्यीय टोलि सहित नेपाल आउनु भएका बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्कीनुहुने कार्यक्रम छ । नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

त्यसैगरी, आज (शुक्रबार) बिहान ११ बजे चन्द्रागिरी र दिउँसो १ बजे पाटन दरबार स्क्वायर घुमेर स्वदेश हमिद स्वदेश फर्कीनुहुने जनाइउको छ । राष्ट्रपति हमिद अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे बंगलादेश विमानबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

राष्ट्रपति हमिदलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । हमिद गत मंगलबार नेपाल आउँदा पनि राष्ट्रपति भण्डारीले नै स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।