साग नजिकिएसँगै रंगशाला पुनः निर्माण अन्तिम चरणमा (भिडियाे सहित)

एलबी विश्वकर्मा ।
काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त दशरथ रंगशालाको पुनः निर्माणको काम दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिकिएसँगै अन्तिम चरणमा पुगेको छ । शुरुका दुई वर्ष पुनःनिर्माणमा ढिलाई हुँदा थला परेको रंगशालाको काम योपटक तीव्रगतिका साथ भइरहेको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट र आगामी मंसिर १५ गते नेपालमा तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) दशरथ रंगशालामै खेलाउने गरी रंगशाला पुनःनिर्माणको काम हुन थालेको हो ।

सरकारले २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला पुनःनिर्माणको बाँकी काम सकेर सागका सबै खेल खेलाउने उद्देश्य राखेको छ । रंगशाला पुनः निर्माणको काम चाँडो सकाउन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा आफैँ सक्रिए भएर खटिइरहनुभएको छ ।

दुई हप्तामा काम सकाउनै पर्ने समयसीमा रहेको उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले रंगशाला पुनःनिर्माणको काममा चिनियाँ र नेपाली कम्पनीले संयुक्त रुपमा काम गरिरहेको र केही कानुनी अड्चनका कारण काममा ढिलाइ भइरहेको बताउनुभएको छ । मन्त्री विश्वकर्माले नेपाल र कुबेतबिचको खेल भुटानमा हुने र सागका अन्य सबै खेल नेपालकै विभिन्न स्थानमा सम्पन्न गर्ने गरी साग गेमको तयारी भइरहेको पनि प्रष्ट्याउनु भएको छ ।

१३ औँ दक्षिण एसियाली खेलकुद सचिवालय प्रमुख कमल खनालले एक वर्षअघि नै नेपालमा सम्पन्न हुनुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) रंगशाला पुनर्निर्माणकै ढिलाईले तीनपटक म्याद थपेर मंसिर १५ मा गर्ने तयारी भइरहेको जानकारी दिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।