समृद्ध भक्तपुरका लागि नेकपा रोज्न नेता नेपालको आह्वान्

नारायण थापा 

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मंसिर १४ गते हुने उपनिर्वाचनमा समृद्ध भक्तपुर निर्माणका लागि नेकपा रोज्न मतदातालाई आह्वान् गर्नुभएको छ । नेकपाले आज (शुक्रबार) बाट शुरु गरेको घरदैलो कार्यक्रममा बोल्नुहुँदै नेता नेपालले यस्तो बताउनुभएको हो ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश १ (क) को प्रदेशसभा सदस्यका लागि यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेता नेपाल मतदाता माझ पुग्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले  घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारको साथै समृद्ध भक्तपुर र भक्तपुरका जनतालाई सुखी बनाउन नेकपाको अर्को विकल्प नभएको उल्लेख गर्नुहुँदै आफ्नो पार्टीले जनताको सारथीको रुपमा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाएको बताउनुभयो ।

घरदैलो कार्यक्रममा नेता नेपालसँगै उम्मेदवार डिपी ढकाल, प्रदेश सांसद शशी जंग थापा, नेकपाका भक्तपुर इन्चार्ज दिलिप प्रजापति तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतका नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।