म, मेरो सोच र सामाजिक उत्तरदायित्व

नारायण थापा
भक्तपुर । ‘उठौं जागौं हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुल नाराका साथ हनुमन्ते सफाई अभियानद्वारा आयोजित पारिवारिक सद्भाव वृद्धिको लागि ‘म, मेरो सोच र सामाजिक उत्तरदायित्व’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, नेप्सेम्याक र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको सहयोगमा आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले प्रशिक्षणमा उपस्थित भएका सबैलाई सपथ खुवाउनुभएको छ । नब्बे हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरुले हनुमन्ते र अरनिको राजमार्ग सफाई गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा सहजकर्ता रवि कटुवाल, हनुमन्ते सफाईका उत्प्रेरक रुद्र पौडेल, सफाई अभियान्ता नवराज काफ्ले र वरिष्ठ चलचित्रकर्ता मदन घिमिरे, मध्यपुर थिमि नगरपालिकाका उपमेयर अन्जनादेवी मंधिकर्मी सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष रविन्द्र सापकोटा र सूर्यविनायक नगरपालिका वडा नं. १ सानुकाजी कायस्थक लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…