पत्रकार शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’

काठमाडाैं । पत्रकार अजयबाबु शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो।

हाम्रा कुरा डटकमका संस्थापक प्रधानसम्पादक रहनुभएका उहाँले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दूर्व्यवहार गर्ने तात्कालिन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाइनमार्फत् सार्वजनिक गर्नुभएको थियो । इन्जाले सोही साहसिक कामको सम्मान गर्दै पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

प्रेस युनियनका महासचिवसमेत रहनुभएका शिवाकोटीले तात्कालिन सभामुख महरबारेकाे समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

पुरस्कारबाट सम्मानित हुनुहुने पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसक्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…