सप्तरीमा पनि नेपाली भूमि अतिक्रमण

विद्यानन्द राम
सप्तरी । भारतले सीमा क्षेत्रमा जग्गा अतिक्रमण गरेको विषयले चौतर्फी चर्चा पाइरहँदा सप्तरीमा पनि नयाँ सीमा स्तम्भ निर्माणको नाममा नेपाली भूमि अतिक्रमण भएको पाइएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नम्वर ४ लालापट्टीदेखि तिलाठीसम्ममा नयाँ स्तम्भ गाड्ने क्रममा झण्डै ६० विघा नेपाली भूमि अतिक्रमणमा परेको खुलेको हो ।

२०५० सालमा भारतीय पक्षले सिमानामा रहेको स्तम्भ हेरफेर गर्न खोज्दा सप्तरीको तत्कालिन लालापट्टी गाविसका स्थानीयहरुले विरोध गरे । विरोधकै क्रममा भारतीयले गोली प्रहार गरेपछि ४१ वर्षीय किसुनदेव यादवको घटनास्थलमै मृत्यु भयो । सोही ठाउँका धनदेव यादव पनि गोलीको छर्रा लागेर घाइते भए ।

त्यसपछि भारतीयले दिउँसो जबरजस्ती नेपाली भूमी मिचेर स्तम्भ गाडेर जान्थे र रातभर लालापट्टीवासीले स्तम्भलाई उखेलेर पुरानै ठाउँमा गाडिदिने क्रम महिनौसम्म चल्यो । पछि सम्झौता भएर सीमा स्तम्भ पुरानै ठाउँमा गाडिएपनि केही वर्षदेखि नयाँ स्तम्भ गाड्ने नाममा नेपाली भूमि अतिक्रमण गर्ने कार्य भइरहेको स्थानीयहरुको आरोप छ ।

लालापट्टीदेखि पूर्वमा तिलाठीसम्म दशगजा हुँदै बग्ने त्रियुगा नदीले पुराना स्तम्भहरु बगाउने गरेकाले भारतीय पक्षले ठुला, मझौला र साना पिल्लरहरु गाडेर नेपाली भूमि अतिक्रमण गर्ने गरेको उनीहरुको भनाइ छ । यसबाहेक पनि रातिराति ‘नो म्यान्स एरिया’ खनजोत गरेर भारतीय पक्षले धानबाली गर्दै आएको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । भारतीयको वर्षौदेखि गर्दै आएको ज्यादती विरुद्ध स्थानीय प्रशासनले कुनै तदारुकता नदेखाएको उनीहरुले गुनासो समेत गरेका छन् ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले अन्तर्राष्टिय विषय रहेकाले यसबारे आफूलाई बोल्न नमिल्ने प्रतिक्रिया दिनुभयो । सप्तरीमा ठूला, मझौला र साना गरी ६ सय ५० मध्ये चार सय ४८ वटा सीमा स्तम्भ हराएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको तथ्याङ्कमा छ ।

जसमा कोशी नदीमा रहेको २ सय १२ नम्बरको स्तम्भ र बलान नदीमा रहेको २४५/१ र २४५/२ नम्बरको स्तम्भ नदीले बगाएको छ भने पातो र रामनगर कोदरकट्टीमा रहेको दुईवटा स्तम्भ गायब रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आयाेगको मुख्यालयमा कार्यरत १…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको…

काठमाडौं । केही साता यता मुलुकमा कोरोना संक्रमण फेरि तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय कोरोनाले सुरक्षाकर्मीलाई बढी…

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।