बमकाण्डका अभियुक्त आलम कारागार चलान

रौतहट । नेपाली कांग्रेसका निलम्बित सांसद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदातलमा शुक्रबार भएकाे थुनछेकपछि अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे ।

रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अधिवक्तासहित पाँचजना अधिवक्ताले शुक्रवार बहस गरेका थिए ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी गरी आलममाथि तीनवटा मुद्दा दर्ता गरी सरकारी वकिल खडिन्द्रराज कटुवाल मार्फत ३२ वर्षको कैद सजायको मागसहित प्रहरीले जिल्ला अदालतमा प्रतिवेदन तथा अभियोगपत्र दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।