सीमा विवाद समाधानका लागि कुटनीतिक पहल

भगीरथ भण्डारी
इलाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भारत सीमा विवाद समस्या समाधान गर्न सरकारले तुरुन्तै पहल गर्नुपर्ने बताउनुभएको छ ।

इलाममा स्थानीय तह पार्टी संरचना समायोजन घोषणा सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लामो समयदेखि कायम रहेको सीमा समस्या हल गर्न सरकारले चाडो कुटनीतिक पहल थाल्नु पर्ने बताउनुभएको हो ।

नेता पौडेलले भारत र चीन दुवै तर्फको सीमा समस्या हल गर्ने उपयुक्त समय आएको बताउँदै राष्ट्रियताको सवाल भएकाले सरकारले सीमा समस्या हल गर्न थालेको कदममा रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको बताउनुभयो । नेता पौडेलले सचिव स्तरीय टोलीले सीमा समस्या हल गर्न नसक्ने भएकाले प्रधामन्त्री केपी शर्मा ओली आफैले वार्ताको वातावरण बनाउन लाग्नु पर्ने बताउनु भयो । सीमा विवाद देखिएका स्थानमा नेपालको भू–भाग जतिका प्रमाण जुटाएर भारतसँग कडा रुपमा सरकार प्रस्तुत हुनु पर्ने उहाँको भनाइ छ ।

फरक प्रसंगमा नेता पौडेलले देशमा भष्ट्राचार, कालोबजारी हत्या हिंसा मौलाउँदा पनि दुई तिहाइको सरकारले ठोस कदम चाल्न नसकेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…